राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन (भिडिओ)

काठमाडौं । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भन्दै नेपाल सूचना-प्रविधि समाजको अगुवाइमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो ।

नेपालीहरुको भविष्य समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुले बताएका थिए ।

उनीहरुले सबै नेपाली एक भएर राष्ट्रिय परिचयपत्रको विरुद्ध बोल्ने बेला आएको धारणा राखेका थिए । प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय परिचयपत्र खारेज गर, साइबर स्पेस सार्वभौमसत्ता कायम गर, प्रतिक्रियावादी व्यवस्था मुर्दावादलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Comments

One response to “राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन (भिडिओ)”

  1. Laleek Avatar
    Laleek

    नेपाल राष्ट्रिय सूचना प्रविधि ईतर समाजको नामले कार्यक्रम गर्ने हो भने सुनमा सुगन्ध हुनेथ्यो कि ! जयहोसे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *