हेटौंडामा राष्ट्रिय पुरुष तथा महिला बुद्धिचाल हुने

हेटौंडा । मकवानपुरको हेटौंडामा २५औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

माघ १३ देखि १९ गतेसम्म हेटौंडामा हुने प्रतियोगितामा छनोट भएर आएका महिला तथा पुरुष १२-१२ गरी २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरमबहादुर लामाले बताए ।

प्रतियोगितामा मकवानपुरसहित झापा, काठमाडौं, दोलखा, रौतहट, भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाँके, मोरङ, बारा र रुकुमपूर्वका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीले मार्च १० देखि १९ सम्म हुने एसियन जोनलमा सहभागी हुने र उक्त सहभागिताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्नेछ । दोस्रो हुनेले नगद १५ हजार तथा तेस्रो हुनेले नगद १५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । आयोजकले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई आवासीय व्यवस्थापन गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *