महेश बस्नेतको दाबी- प्रचण्डले सरकार ढाल्न शेखर कोइरालालाई कांग्रेस फुटाउन उक्साउँदैछन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता डा. शेखर कोइरालालाई पार्टी फुटाउन उक्साइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र कहिले देउवा त कहिले शेखरसँग कुरा गरेर प्रचण्डले खेलिरहेको बताए ।

उनले भने, ‘१८ महिना कांग्रेस र एमालेलाई खेलाएर प्रधानमन्त्री बनेका प्रचण्ड सत्ता बाहिर आएपछि कहिले शेरबहादुर देउवाकहाँ गएर तपाईं प्रधानमन्त्री भइदिनुपर्‍यो, विपक्षी ८० सांसद मसँग छन् भन्छन्, तिनै प्रचण्ड शेखर कोइरालाहरुलाई राखेर कांग्रेस विभाजन गरिदिनपरे पनि भन्न भ्याउँछन् ।’

बस्नेतले माओवादीका १५-१६ र नेकपा एसका ७ सांसद विद्रोह गर्ने स्थितिमा रहेको पनि दाबी गरे ।

उनले थपे, ‘तपाईं माधव नेपालको आडमा यो कुरा गर्दै हुनुहुन्छ । तपाईंकै पार्टीका जनार्दन शर्मालगायत क्रान्तिकारी साथीहरुलाई तपाईं सम्झाउन सक्नुहुन्छ । तपाईंका पार्टीका १५-१६ सांसदले विद्रोह गर्ने स्थिति बन्दैछ । माधव नेपालको पार्टी हो कि क्लब हो। तपाईंका पार्टीका ७ सांसद हात उठाएर पार्टी छाड्न तयार भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *