शंकर पोखरेलको दाबी- ओलीले भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले गरेको नाकाबन्दीलाई जनताको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असफल बनाएपछि अहिले एमालेमाथि प्रहार भइरहेको दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दह्रो अडान लिएर ओलीले भारतीय नाकाबन्दीको सामना गरेको बताए ।

नेपालमा संविधानसभाबाट संविधान बनाउन नदिन अनेक खेल भएको स्मरण गर्दै महासचिव पोखरेलले भने, ‘संविधान बन्न नदिन अनेक प्रपञ्च गरियो । संविधान जारी भएपछि नाकाबन्दी लगाइयो । त्यतिबेला सरकारमा भएका दलहरुले नाकाबन्दी पनि भन्न सकेनन् । सिमानाको अवरोध भन्न थाले, तर ओलीले प्रधानमन्त्री भए पनि यो नाकाबन्दी नै हो भन्नुभयो । जनताको साथमा दह्रो अडान लिएर असफल पार्नुभयो । त्यसैले अहिले हामीमाथि भएको प्रहार नाकाबन्दी असफल बनाउनुको कारणले पनि हो भन्ने बुझ्नुपर्छ ।’

उनले संविधान निर्माणको बेलामा ओलीले नेपालको संविधान नेपालको संविधानसभाले नै बनाउने हो भन्दै समस्या भए नेपालका राजनीतिक दलले समाधान गर्छन् भनेर भारतीय विदेशमन्त्रीलाई भनेको पनि स्मरण गरे ।

Comments

3 responses to “शंकर पोखरेलको दाबी- ओलीले भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    त्यो मुख्य कुरा हो ।अहिले चीनतर्फ सम्बन्ध बढाउने र पहुँच बढाउने काम गरेकाले पनि दिल्लीका भाडाका टट्टुहरूलाई खपिनसक्नु भएको छ ।

  2. khem aryal Avatar
    khem aryal

    हरूवा गोरुको छेरुवा दाऊ !
    बालबच्चा भाँडा कुटी खेल्दा जस्तो !!!

    1. ksp pyl Avatar
      ksp pyl

      दिल्लीका टट्टुहरूलाई त्यस्तो लाग्नु स्वभाविक नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *