शिक्षा विधेयक राष्ट्रिय महत्वको विधेयक हो : महेश बर्तौला

हेटौंडा । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् ।

शुक्रवार हेटौंडामा सुरु भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिवेशनमा बोल्दै बर्तौलाले राष्ट्रिय महत्वको विधेयकले शिक्षा क्षेत्रलाई फराकिलो बनाउने बताए ।

उनले भने, ‘हरेक शिक्षकहरुमा अधिकार सँगसँगै जवाफदेहिता पनि आवश्यक छ। एक शिक्षकले विद्यालय जान घरबाट निस्कदै गर्दा आफुसंगै आफ्ना नानी बाबू विद्यालय लैजान सके वातावरण बनाउनुपर्ने छ ।’

शिक्षकहरु स्थानीय तहमा रहन खोजिरहेका छैनन् भन्ने विषय पनि बाहिर उठेको भन्दै उनले टिप्पणी गरे, ‘शिक्षकहरु संघीयता विरोधी होइनन् कि स्थानीय तहको नेतृत्वले यातना दिने मानसिकताको कारणले गर्दा शिक्षकहरु स्थानीय तह अन्तर्गत बस्न खोजिरहेका छैनन् । केही स्थानीय तहमा शिक्षकहरुलाइ संगठनमा संगठित भएकै कारण यताबाट उता र उताबाट अर्कोमा सरुवा गराई रहका छन् । संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरु उपयुक्त छन् तर नेतृत्वको कार्यशैलीका कारण यस्तो भइरहेका छन् । यसलाइ पनि विद्यालय शिक्षा विधेयकले समेट्नु पर्ने छ ।’

हिजो सिंगो व्यवस्था परिवर्तनको आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने संगठनहरु अहिले पनि उत्तिकै ससक्त हुन जरुरी भएको बताए ।

उनले भने, ‘हामी आगामी हाउसबाट नै विद्यालय शिक्षा विधेयक पास गराएर जाने सोचमा छौं ।’

बर्तौलाले शिक्षा सुधार्न सके देशको हरेक क्षेत्र आफै सुधार भएर जाने हुँदा बर्तमान सरकार शिक्षाको विषयमा गम्भीर रहेको बताए ।

 

Comments

One response to “शिक्षा विधेयक राष्ट्रिय महत्वको विधेयक हो : महेश बर्तौला”

  1. Laleek Avatar
    Laleek

    एक थान निजामती सेवा विधेयक चाहि काम नलाग्ने पत्रुनै भएको हो ? नभए खारेज गर्नु सकिन्छ भने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *