हेटौंडा । जर्मनको बुन्डेस लिगमा इन्ट्राक्ट फ्रान्कफर्टबाट फरवार्ड लाइनलाई सम्हालिराखेका इजिप्टीयन स्टार खेलाडी ओमर मार्मुसलाई म्यान्चेस्टर सिटीले ५९ मिलियन पाउण्डमा पाँच वर्षको लागि अनुवन्धन गरेको छ ।
जनवरी विन्डोज अन्र्तगत सिटीले तेश्रो खेलाडीको रुपमा फरर्वाड ओमरलाई अनुवन्धन गरेको हो ।
खराब लयबाट गुज्रिरहेको सिटीले यसअघि डिफेन्डर भिटोर रेइस र अब्दुकोदिर खुसानोभलाई इत्तेहादमा भित्र्याइसकेको छ । उमरले यस सिजन बुन्डेसलिगा टोलीका लागि १७ खेलमा १५ गोल गरिसकेका थिए ।
सन् २०२३ मा वुल्फ्सबर्गबाट निःशुल्क स्थानान्तरणमा सामेल भएका उमरले फ्रान्कफर्टमा १८ महिना बिताए । उनले आफ्नो देश इजिप्टको लागि ३५ गोल गरेका छन् भने ६ वटा असिस्ट रहेको छ । प्रिमियर लिगको पाँचौ स्थानमा रहेको सिटी यो पटक च्याम्पियन्स लिगको दाश्रो चरणको क्वालिफायरको लागि समेत संघर्षरत रहेको छ ।

Leave a Reply