भीम रावलको दाबी- ओली सरकार बिचौलियाको इसारामा चलेको पुष्टि भयो

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन् ।

सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेण्टको मूल्य दोब्बर बढाइएबाटै फेरि पुष्टि भएको बताए ।

उनले भनेका छन्, ‘केपी नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाट फेरि पुष्टि भएको छ ।’

एमालेबाट निस्कासित भएपछि नेता रावल अध्यक्ष ओलीप्रति आक्रोश पोख्दै आइरहेका छन् ।

Comments

2 responses to “भीम रावलको दाबी- ओली सरकार बिचौलियाको इसारामा चलेको पुष्टि भयो”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमी दिल्लीको निर्देशनमा चलेका छौ । अरूको कुरा बन्द गर ।

  2. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    तिमी कसकाे इसारामा चलेकाे नि ? फाेकटिया कुरा नगरेकाे राम्राे हुन्छ । एमालेकाे उपाध्यक्ष र अहिले खै के काे अध्यक्ष रे ? तुलना हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *