रुपन्देही । नेपाल डेरी एसोसियसनले सातै प्रदेशमा कोल्ड स्टोर स्थापना गर्ने र पाउडर प्लान्ट नभएका प्रदेशमा प्लान्ट स्थापना गर्न पहल गर्ने भएको छ । बुटवलमा सम्पन्न एसोसियसनको २६औं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले कृषि तथा दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए ।
मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण रहेको रहेको उनको भनाइ छ ।
नेपाल डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले एसोसियसनले देशभरका उद्योगीलाई समेटेर दुग्ध क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको बताए ।
स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग आवश्यक सहकार्य गर्दै एसोसियसनले विविध गतिविधिहरु गरिरहेको उनको भनाइ छ । दुग्ध क्षेत्रको व्यावसायिक विकास र निर्यातका सम्भावनाहरुको
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले गुणस्तरीय दूध उपभोक्तालाई दिनुपर्नेमा जोड दिए ।
पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालले पशुपालन तथा दुग्ध क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउँदै डेरी उत्पादनहरुको विविधिकरण गरी निर्यातमा जानुपर्ने सुझाव दिए ।
एसोसियसनका देशभरका २०० भन्दा बढी सदस्यको उपस्थिति रहेको साधारणसभामा डेरी क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न उद्योग तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
साधारणसभाले ‘नेपाल डेरी एसोसियसन युवा मञ्च’ गठन गर्ने निर्णय गरेको छ ।
लुम्बिनीमा कति छ दुध उत्पादन ?
देशभर उत्पादन हुने दूधमध्ये लुम्बिनी प्रदेशले १८ प्रतिशत योगदान दिएको दुग्ध व्यवसायीहरूले जनाएका छन् । लुम्बिनी प्रदेशले कुल उत्पादनको वार्षिक ४ लाख ८ हजार २०६ मेट्रिक टन दूध उत्पादन गर्दै आएको नेपाल डेरी एसोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले जानकारी दिए ।
प्रदेशमा उत्पादन भएको दूधमध्ये १५ प्रतिशत मात्रै औपचारिक क्षेत्रमार्फत बजारमा आउने गरेको छ । यस्तै ३५ प्रतिशत अनौपचारिक क्षेत्रमार्फत बजारीकरण हुँदै आएको अध्यक्ष न्यौपानेको भनाइ छ । बाँकी ५० प्रतिशत दूध भने उपभोक्ताहरूले घरघरमा नै खपत गर्ने गरेका छन् ।

Leave a Reply