नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ५.८६ प्रतिशत पुग्यो 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ५ प्रतिशत नाघेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यस बैंकको खराब कर्जा अनुपात ५.८६ प्रतिशत पुगेको हो । जबकी गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा अनुपात ४.७५ प्रतिशत रहेको थियो ।

तर, बैंकले नाफा भने बढाएको छ । यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको तुलनामा ५७.१८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा १ अर्ब ८० करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विगत दुई वर्षयता वितरणयोग्य घाटामा रहेकाले यस बैंकले लाभांश वितरण गर्न सकेको थिएन । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा पनि बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । खुद फी तथा कमिसन आम्दानी ३२.८० प्रतिशतले बढेर १ अर्ब ५७ लाख रुपैयाँ पुगेको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *