काठमाडौं । रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’मा कलाकारहरूको लाइन अप पूरा भएको छ । फिल्मको मुख्य भूमिकामा नायक धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारहरूको लाइन अप पुरा भएको हो ।
निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी सम्झौता भएको हो । फिल्ममा तीन स्टार कलाकारहरूले काम गर्ने पक्का भएको छ ।
फिल्ममा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन् । फिल्ममा नायिका उपासना सिंह ठकुरी र नव-नायिका दिकिला शेर्पा पनि अनुबन्धित भइसकेका छन् । फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ ।
यो फिल्मको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । फिल्मलाई आउँदो वर्षको दशैंको फूलपातीबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । दशैंमा एउटा शोज पाए पनि फिल्म रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन् ।
मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ । चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ । फिल्मका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।

Leave a Reply