काठमाडौं । स्पेनिस ला-लिगामा रियल म्याड्रिड पहिलो स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा लस पाल्मसलाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल तालिकाको पहिलो स्थानमा उक्लिएको हो ।
पाल्मासको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता पाल्मासले लिएको थियो । खेल सुरु भएकै पहिलो मिनेटमा गोल गर्दै पाल्मासले अप्रत्याशित अग्रता लिन सफल बन्यो । फावियो सिल्भाले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।
तर खेलको १८ औँ मिनेटमा रियलका स्टार केलियन एम्बाप्पेले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।
त्यसयता डियाजले ३३ औँ मिनेटमा, एम्बाप्पेले पुनः३६ औँ मिनेटमा र ५७ औँ मिनेटमा रोड्रीयोगोले गोल गरेपछि रियल म्याड्रिडले सानदार जित दर्ता गर्न सफल बन्यो ।
जितपछि २० खेलबाट ४६ अंक सहित रियल तालिकाको पहिलो स्थानमा उक्लिएको छ भने पराजित पाल्मास समान खेलबाट २२ अंक सहित १४ औँ स्थानमा छ । आइतबारनै भएको अर्को खेलमा एट्लेटिको क्लब बिल्बाओले सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ ।

Leave a Reply