नटिघंमको सनसनी यात्रा कायमै

काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपीएल)को जारी सिजनमा अण्डरडगको रूपमा देखा परेको नटिघंम फरेस्टले आफ्नो सनसनीपूर्ण यात्रालाई कायम राख्दै २२ खेलमा १३ औँ जित दर्ता क्रममा साउथह्याम्पटनलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा विजय हुने क्रममा नटिघंम साउथह्याम्पन्टनलाई ३-२ ले पराजित गरेको हो । नटिघंमलाई जित दिलाउन इलेट एन्डरसन, हडसन ओडोइ र क्रीस उडले गोल गरे ।

घरेलु रंगशालामा भएको खेलमा नटिघंमको तर्फबाट ११ औँ मिनेटमा एन्डर्सनले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए । घरेलु टोलीको लागि दोस्रो गोल खेलको २८ औँ मिनेटमा ओडोइले गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

नटिघंमले पहिलो हाफको ४१ औँ मिनेटमा उड मार्फत तेस्रो गोल गर्दै आफूलाई बलियो बनायो ।

तर साउथह्याम्पन्टनले ६० औँ र ९१ औँ मिनेटमा गोल गर्दै कम्तीमा बराबरी गर्ने प्रयत्न गरेको थियो तर तेस्रो गोल गर्न नसक्दा खेल नटिघंमले जित्यो ।

जितपछि नटिघंमको २२ खेलबाट ४४ अङ्क पुगेको छ र तेस्रो स्थानमा कायम छ । समान खेल खेलेको आर्सनल पनि समान अङ्क सहित गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *