सार्क महासचिव सर्वार र परराष्ट्र सचिव राईबीच भेटवार्ता, क्षेत्रीय सहकार्यबारे छलफल

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)महासचिव महोमद गोलाम सर्वार र परराष्ट्र सचिव अमृत बहादुर राईबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा सर्वारले नवनियुक्त परराष्ट्र सचिव राईलाई बधाइ दिए । सार्क सचिवालय काठमाडौंका अनुसारमा सार्क क्षेत्रको मुद्दा र गतिविधिमा छलफल भएको थियो ।

सार्क यो क्षेत्रको सबैभन्दा महत्वपूर्ण निकाय भएको भन्दै उच्च तहको सार्क संयन्त्रको पुनरोत्थानको विषयमा महासचिव र सचिवको कुराकानी भएको सार्क सचिवालयले जनाएको छ ।

सन् २०१४ मा नेपालमा भएको १८ औं सार्क शिखर सम्मेलन पछि सार्कका सरकार तथा रास्ट्र प्रमुखहरुको शिखर सम्मेलन हुन छोडेको छ । १९ औं सम्मेलन सन २०१६ मा पाकिस्तानमा हुने तय भएता पनि भारत–पाकिस्तान तनावले हुन सकेको थिएन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *