विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेश अध्यक्ष राजेश तिम्सिनालाई निलम्बन गरेको छ । पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई पार्टीमा फर्काउने पत्र पठाएपछि उनीमाथि यो कारबाही गरिएको हो ।
पार्टीको अनुशासन समितिका संयोजक डा. भरत मणि देवकोटाले काठमाडौंमा तिम्सिनालाई निलम्बन पत्र हस्तान्तरण गरेका छन् । अनुशासन आयोगले तिम्सिनालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको हो ।
राजेशले पुर्व महामन्त्री मुकुललाई पुरानै हैसियतमा फर्काउन माग गरेका थिए ।
तिम्सिनाले साधारण सदस्यबाट निष्कासित गरिएका पूर्व महामन्त्री ढकाललाई पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गर्दै पार्टीका कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका थिए ।
सोही विषयलाई लिएर तिमल्सिनाविरुद्व अनुशासन समितिसमक्ष उजुरी परेको थियो ।
सुनसरीको इटहरीमा बोलाइएको प्रदेश समितिको बैठकमा तिम्सिनामाथि कारबाही गर्ने प्रयास विफल भएको थियो । उक्त बैठकमा ६२ सदस्यीय प्रदेश समितिका जम्मा १३ जना सदस्य मात्र उपस्थित भएका थिए ।

Leave a Reply