काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई एमालेमा ढोका खुला रहेको बताएका छन् ।
समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीलगायतलाई प्रेस चौतारीमा स्वागत गर्दै नेकपा एसको अब भविष्य नरहेको दाबी गरे ।
उनले भने, ‘हामीले माधव नेपालको लागि ढोका खुला गरेका छैनौं । विश्वमणीजीलाई उहाँले गरेको कारवाहीको के अर्थ, चौतारीले दिएजस्तो सम्मान उहाँलाई दिने हो भने उहाँ नै आउनुहुन्छ । तर, उहाँले जे गल्ती गर्नुभएको छ । त्यो स्वीकार्य छैन ।’
उनले माधव नेपालबाहेक अरु नेताहरुलाई स्वागत गर्न आफूहरु तयार नै रहेको बताए ।

Leave a Reply