एमालेसँगको ७ बुँदे सहमति कार्यान्वयनमा इमान्दारसाथ लाग्ने कांग्रेसको प्रतिबद्धता (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरूले एमालेसँग भएको सात बुँदे सहमति अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक सरकारमा कुनै समस्या नभएको निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए।

उनले भने, ‘छलफल हामी दुई दलले मिलेर सरकार बनेको छ। सरकारमा कुनै समस्या छैन। सरकारमा कुनै बाधा व्यवधान अप्ठ्याराहरू छैनन्। आआफ्नो मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने भन्नेबारे छलफल भएको छ।’

दुई दलबीच भएको ७ बुँदे सहमतिमा केन्द्रित भएर काम गर्दै सेवा प्रवाहको क्षेत्रमा केन्द्रित भएर सुशासन कायम गर्नेमा मन्त्रीहरूले जोड दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *