शीतलनिवासमा होल्ड भएको भूमि अध्यादेशबारे प्रधानमन्त्री- आज आउँदैछ, नसुल्झिएका समस्या समाधान गर्दैछौँ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज आउने बताएका छन्। यो अध्यादेश सरकारले जारी गर्न सिफारिस गरेको भए पनि राष्ट्रपति रामचन्द्र पौडेलले रोकेका छन्।

बालुवाटारमा उद्योगी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘आज भूमिसम्बन्धी अध्यादेश आउँदै छ। यसले भूमिसम्बन्धी नसुल्झिएका समस्याहरू छन्, ती सुल्झाउन, सरकारले पहिला आफैँ जमिन किन्न दिन्छ, हाउजीङ गर्न दिन्छ। प्रशस्त घर बनाउन दिन्छ। अनि बनाइसकेपछि हदभन्दा बढी जग्गा किनेछौ बेच्न त पाइँदैन भन्छ।’

अस्तव्यस्त बनाउने नीतिहरूलाई करेक्सन गर्न सरकारले काम गरिरहेको बताए।

उनले थपे, ‘घर बनिसकेका छन्, बेच्न पाइँदैन अनि लगानी डुबेन। लिलामी गरेर त्यो किन्छ। बैंकले लोनको सट्टा त्यो घर लिलामी गर्‍यो अनि किन्छ चाहिँ कसले ? त्यो अस्तव्यस्त बनाउने नीतिहरू हामीले करेक्सन गरिरहेका छौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *