भीम रावलको आरोप- भूमिसम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले सरकारी जग्गा व्यक्तिलाई दिने प्रपञ्च गर्दैछन्

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गासमेत व्यक्तिलाई दिनसकिने प्रपञ्च गरेको आरोप लगाएका छन् ।

पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल भएको हुनसक्ने आशंका व्यक्त गरे ।

उनले भनेका छन्, ‘प्रम केपी ओलीको अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गासमेत व्यक्तिलाई दिनसकिने प्रपञ्च गर्दैछ । पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि ?’

सरकारले जारी गर्न सिफारिस गरेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले रोकेका छन् । सरकारी जग्गा सुकुमबासीको नाममा वितरण गर्ने र विदेशी लगानी भित्र्याउने भन्दै सरकार जग्गा लिजमा दिने जस्ता केही व्यवस्थाहरू भएकै कारण राष्ट्रपतिले अध्यादेशमा रोक लगाएको बताइएको छ ।’

Comments

2 responses to “भीम रावलको आरोप- भूमिसम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले सरकारी जग्गा व्यक्तिलाई दिने प्रपञ्च गर्दैछन्”

  1. ksp pyl Avatar
    ksp pyl

    ओलिले यो देश स्वर्ग नै बनाए पनि यी कसैका लागि काम गर्ने खेतालाको काम भनेको विरोध नै गर्ने हो । यसलाई पहिला विधेयक राम्रोसँग पढन र मनन गर्न अनुरोध चाहिँ गरें ।

    1. Desh Premi Avatar
      Desh Premi

      timi jasta jhole, dalal, maasu bhat ma vote halne bachunjel desh ko hawigaat yastai rahane chh.

Leave a Reply

Your email address will not be published. Required fields are marked *