सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दा- कसलाई कति धरौटी मागियो ?

पोखरा । सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि कास्की जिल्ला अदालतका न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, राम खनाललाई १५ लाख, कृष्ण गुरुङलाई १ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख र आरती गुरुङलाई ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *