सहकारीको रकम अपचलनमा मुछिएकी अन्जलालाई १० लाख धरौटीमा छाड्न आदेश

विराटनगर । सहकारीको रकम हिनामिना आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत मोरङमा आज भएको थुनछेक बहसमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको अदालतका प्रवक्ता हेम बुढाथोकीले नेपाल प्रेसलाई बताए । उनले धरौटी बुझाइसकेकी छन् ।

मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीमा पूर्वसञ्चालक सदस्य रहेकी अन्जलाविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएपछि उनी फरार थिइन् । उनी आज अदालत खुलेलगत्तै हाजिर भएकी थिइन् ।

अदालतले पुस २ गते कोइराला, सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

उनीहरूसँग २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो दाबी गरिएको थियो ।

हेर्नुहोस् अदालतको आदेश-

Comments

One response to “सहकारीको रकम अपचलनमा मुछिएकी अन्जलालाई १० लाख धरौटीमा छाड्न आदेश”

  1. Nagendra Avatar
    Nagendra

    दोषीलाई दोस बराबरको र अपराधीलाई अपराध बराबरको सजाय हुनु पर्छ !! एमालेको कोहि परे भने त झन् दोब्बर सजाय हुनु पर्छ : किन भने देश र जनताको भरपर्दो र भरोशायोग्य यो पार्टी भित्र बसेर कुनै अनियमितता, तलमाथि र अपराध गर्ने छुट झन् छैन !! त्येस्तो मनोवृत्ति भएकाहरु पाखा लागे, लाग्दै छन् !! गलत गलत हुन्छ, त्येशले कहिल्येइ सहि परिणाम दिदैन !! ऐजेरु पलायो भने उपचार अपरेसन हो, काटेर फ्याक्ने हो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *