एमालेले फर्किन गरेको आह्वान: वामदेव नेतृत्वको एकता अभियानले भन्यो- बाटो खुल्यो

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजन भएर गएकाहरुलाई फर्किन गरेको आग्रहलाई ‘बाटो खुलेको’ भनी वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानले प्रतिक्रिया दिएको छ ।

उक्त पार्टीका नेता डीबी कार्कीले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘एमालेको निर्णयले खैलाबैला मच्चाएको छ, पार्टीका नेताहरुलाई कुराकानी गर्ने बाटो खुलाइदिएको छ ।’

उनले यस विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

आइतबारदेखि बसेको एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा सबैलाई एकजुट हुन आह्वान गर्नुअघि उक्त पार्टीका नेताहरुले गौतम नेतृत्वको एकता अभियानसँग पनि कुुराकानी गरेको कार्कीले बताए ।

‘सात दिनअघि नै यस्तो निर्णय गर्छौं भनेर उहाँहरुले हामीसँग भन्नुभएको थियो’, कार्कीले भने, ‘एकीकृत समाजवादीसँग कुराकानी हुँदै गर्दा एमालेसँग पनि हाम्रो कुराकानी चलिरहेको थियो ।’

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपमहासचिव प्रदीप ज्ञवालीसँग कुरा राखेको भन्दै कार्कीले भने, ‘वामदेवसहित माधवकुमार नेपाल, झलनाथ खनालसहितका उहाँहरुको पक्षमा रहेको सबै शक्तिलाई एकसाथ ल्याउन योजना बनाउन आग्रह गरेको थिएँ ।’

एमाले पंक्ति २०७७ जेठ २ को अवस्थामा गए आफूहरु खुशी हुने कुरा सुनाएको कार्की बताउँछन् ।

तर ओलीले आफ्नो कारण माधव, झलनाथ, वामदेवसहितका नेताले पार्टी छाडेको कुरा अस्वीकार गरेको उनले बताए ।

एमालेले आज गरेको निर्णयका विषयमा भोलि एकीकृत समाजवादीको तर्फबाट वार्ताका निम्ति तोकिएका स्थायी कमिटी सदस्य बलराम बास्कोटासँग आफूले कुरा गर्ने कार्कीले बताए ।

‘एमालेसँग अलग्गै हैन, माधव-झलनाथ कमरेडका कुरासमेतलाई मध्यनजर गरेर वार्ता गर्न सकिन्छ’, उनले भने ।

Comments

One response to “एमालेले फर्किन गरेको आह्वान: वामदेव नेतृत्वको एकता अभियानले भन्यो- बाटो खुल्यो”

  1. Pandab raj karki chhetri Avatar
    Pandab raj karki chhetri

    Jasari sabai pani last ma samudra ma hayara misinxa. Thik Tesai gari nepal ma communist vanne haru
    sabai jane thau vaneko CPN. UML matra ho. Baki jammai bekar ho. Chetana vaya..

Leave a Reply

Your email address will not be published. Required fields are marked *