ईश्वर पोखरेलको कथा कोट्याउँदै एमाले बैठकमा ओलीले सुनाए कुप्रचारका कुरुप शैली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र नेताहरुको चरित्रहत्या गर्न ‘प्रतिक्रियावादी’अरुले पत्याउनै नसकिने झुटलाई पनि सत्य बनाउन प्रोपोगाण्डा गर्ने भन्दै एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय कमिटी बैठकमा सदस्यहरुलाई सजग गराउने क्रममा उनले पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नै राजनीतिक जीवनमा भोगिरहेको आधारहीन प्रोपोगाण्डले दिएको पीडाको कथा सुनाएका थिए । उनले विरोधीहरुले कुप्रचारको पनि कसरी कुरुप ढंगले भाइरल गराउँछन् भन्ने उदाहरण दिए ।

ओलीको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने– प्रतिक्रियावादीले कसरी मान्छेलाई भ्रमको पछि दौडाउँछन् र जीवनभर पीडा दिन्छन् भन्ने जिउँदो जाग्दो उदाहरण यहीँ ईश्वर पोखरेल हुनुहुन्छ । मध्यराति राजविराजमा सुतिरहेको ठाउँमा आएर पक्राउ गर्छन् अनि ईश्वर पोखरेलले पानी ट्यांकीमा पैसा राखेको भनेर अत्यन्तै घटिया प्रचार गराउँछन् । कसैले पानी ट्यांकीमा पैसा राख्छ ? पहिलो कुरा त जो मान्छे नै उनीहरुको थुनामा छ । ट्यांकीमा पानी राख्न त सफा गर्नुपर्ला, पानीमा कसैले पैसा हाल्छ ? अनि ट्यांकीमा पैसा राखेपछि पानी कहाँबाट खाने ? यस्ता कुरा, हिजो जसरी प्रतिक्रियावादीले भिक्टिमाइज गरेर अहिलेसम्म आरोप सहनु परेको छ, अहिले प्रविधि फेरिएको छ । उनीहरुले सामाजिक संजाल र कतिपय मिडियाबाटै यस्तै बनावटी कुप्रचार गर्छन् एमाले र नेतृत्वविरुद्ध । त्यसैले यस्ताहरुको प्रहार सहने होइन सिंगो पार्टी पंक्ति एकजुट भएर प्रतिवाद गर्नुपर्छ

अध्यक्ष ओलीले मिथ्या र भ्रामक प्रचार आज सिंगो समाजका लागि चुनौति बनिरहेको र यसले सामाजिक सद्भाव खल्बल्याउने,जनतामा निराशा र विभाजन पैदा गर्ने तथा ठूलो मानसिक समस्या –मास स्ट्रेस सिर्जना गरिरहेको बताए ।

एमालेविरुद्ध प्रविधिको दुरुपयोग गरेर निराधार आरोप लगाउने,नेताहरुको चरित्र हत्या गर्ने,जनतामो भ्रम फैलाउने अभियानमा केही व्यक्तिको लहडमात्र नभएर नियोजितरुपमै समूह परिचालन भएको ओलीले बताए ।

राति आएर पक्डन्छन् टयांकीमा पैसा राखो भन्छन्,सफ ागर्न पानीमा राखेर पैसा हाल्छन् ? पानी नभए कहाँबाट खाने ? पुछ्नुपरेन पैसा राख्न ? पैसा भिज्दैन ? पानीमा पैसा राखेपछि कसरी हो हो जस्तो जरी प्रतिक्रियवादीले आक्रमण गरे,आज संजालबाट अनेक ढंगबाट आक्रमण भइरहेका छ ।

 

Comments

5 responses to “ईश्वर पोखरेलको कथा कोट्याउँदै एमाले बैठकमा ओलीले सुनाए कुप्रचारका कुरुप शैली”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    ईश्वरकाे लिला मनुस्यले बुझ्न कठिन छ ।

  2. ksp pyl Avatar
    ksp pyl

    यस्ता अराजक हल्ला फैलाउने विरूद्व जुनसुकै प्रकारको पनि प्रतिकारमा लाग्नुपर्छ । बन्दुकसँग नडराएको एमाले यी सडकछाप, भुस्याहा कुकुरहरूको कुप्रचारसँग डराउने कुरै भएन । यी प्रचारकभन्दा पनि मालिक छ एकजना हत्यारो दिल्लीको दलाल । त्यसलाई ठिक नपारी यो कुप्रचार गर्ने भाडाका टट्टुहरूलाई ठिक पार्न सकिँदैन । मुख्य दलाललाई ठिक नपारी हुदैन पहिला । अहिले मुख्य दलाल सत्ताबाट भूईमा पछारिए पछि नराम्ररी तिलमिलाएर बरबराउँदै हिडिरहेको छ ।

    1. yuvaraj adhikari Avatar
      yuvaraj adhikari

      हनुमानहरु भित्रै पनि छन् । हेक्का राखाैं ।

  3. परदेशी कान्छो Avatar
    परदेशी कान्छो

    फ्याक्ट चेक गर्ने। सत्य बोल्ने। सत्य लेख्ने। सत्यलाई जीवनशैली बनाउने। सत्यलाई दैनिकामा ढाल्ने । निपरेक्ष रहने मान्छे /घटनासंग र सत्यसंग सापेक्ष रहने। यी ईम्युनिटी हुन दिमागका, आज हाम्रो पार्टी भित्र यो ईम्युनिटी कमजोर छ, आज नेताले बोलेको हिजो जस्तो ब्रह्म बाक्य हुदैन पार्टीमा, बिश्वास घटेको छ। अर्काका बारेमा असत्य सजिलै बोल्ने मान्छेबाट आफ्ना बारे सत्य बोलेको शब्दब्रह्मको शक्तिले पनि काम गर्दैन, ये स्वाभाविक हो। भुमिगत कालमा एमालेसंग सन्चारको संरचना थिएन, पन्चायतसंग सबै थियो तर पनि पन्चायती कुप्रचारले खासै काम गर्दैनथ्यो तर आज सन्देह छ कार्यकर्तामा। पार्टीले राष्ट्रिय रुपमै अभियानकै रुपमा महात्मा बुद्दको धेरै होईन जम्माजम्मी एउटा अभ्यास शील-पालना ईम्प्लीमेन्ट गरेर हैरौ त, कुप्रचारको समस्या झन्डै झन्डै सखाप हुन्छ। दोश भाईरसलाई दिने होईन, आफ्नो ईम्युनिटी कसरी बढाउने भन्ने ध्यान दिने हो। कुप्रचार र झुठ भाईरस हो, सत्य निष्ठाको ईम्युनिटी नबढाए पार्टी पेन्डेमिकमा पर्ने छ, अनि कसैले बचाउन सकिने छैन। एमालेमा कति जना होलान् वही त सत्य बोल्नुहुन्छ भनेर विश्वास गरिन सकिने, मैले त अत्यन्त न्युन संख्या देख्छु, यो संख्या नबढाए कुप्रचारले सिद्याउछ। फेरि जोड दिएर माथी भनेका यी काम गर्ने १ प्रतिसत कार्यकर्ता रहे एमाले जोगिन्छ। के सकियला त यसो गर्न?
    फ्याक्ट चेक गर्ने। सत्य बोल्ने। सत्य लेख्ने। सत्यलाई जीवनशैली बनाउने। सत्यलाई दैनिकामा ढाल्ने ।

  4. Nepali kanxo Avatar
    Nepali kanxo

    Bada ghar ko badai chala. Gautira vanxa kya

Leave a Reply

Your email address will not be published. Required fields are marked *