कर्णाली डेभलपमेन्ट बैंकको बचत फिर्ता शुरु, यी हुन् भुक्तानी गरिने शाखा

काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको बचत फिर्ता शुरु भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहले बचत फिर्ता गर्न थालेको हो ।

समूहले ग्राहकलाई बचत फिर्ताका लागि विभिन्न शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

बैंकले केन्द्रीय कार्यालय नेपालगञ्ज, तुल्सीपुर शाखा, लमही शाखा, गुलरिया शाखा, बाँसगढी बर्दिया शाखा, भुरिगाउँ दाङ शाखा, घोराही शाखा, कोहलपुर शाखा, खजुरा शाखा, सानोश्री शाखा, भालुवाङ शाखा, गढवा शाखा, राजापुर शाखा, नारायणपुर शाखा, सिसहनिया शाखा, शम्शेरगञ्ज शाखा, बैजापुर शाखा र विजौरी शाखा दाङबाट बचत फिर्ता गरिने भएको छ ।

बैंकले बिरामी, वृद्ध र बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर बचत फिर्ता गर्ने जनाएको छ । २५ हजार रुपैयाँको सीमा भित्र रही प्रति शाखा अधिकतम ५० जनासम्मलाई निक्षेप भुक्तानी गरिने बैंक व्यवस्थापन समूहले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *