उमेर हद लागूसँगै क्रान्तिकारीको नेतृत्व दाबेदारीमा को रहे, को बाहिरिए ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेरहदको पक्षको जित भएपछि दाबेदारहरू स्वत: घटेका छन् ।

संगठनका १८ जना उपाध्यक्ष र एक महासचिव सहित १९ जनामध्ये ३२ वर्षमुनि उपाध्यक्ष प्रविणा अधिकारीमात्रै बाँकी रहेकी छन् ।

अधिकारीबाहेक यसअघि अध्यक्षका आकांक्षी देखिएका इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एमसी, लक्ष्मीप्रसाद जोशी, नरेश रेग्मी, गजेन्द्रप्रसाद देव, राजकुमार याक्सो, मदन भुल, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, अच्युत भट्ट, केशव रावल र महासचिव दीपेश पुन बाहिरिएका छन् ।

यस्तै ३० जना उपमहासचिवलाई उमेर हदले छेकेको छ । बाहिरिनेमा खगेन्द्र सुवेदी, अनिल भगत, प्रभाकर गुप्ता, कृष्ण न्यौपाने, प्रदिप अर्याल, प्रसुन कार्की, बद्री चुडाल, अनुप पोखरेल, तल्सीमणी केसी, सुर्य घर्तीमगर, देवीचन्द्र उपाध्याय, राजेन्द्र बुढा, भिम भट्ट, उपेन्द्र शाही, भुषण शाही, सञ्जय काल्धन, ताजिम अन्सारी, बाबुराम नेपाली, दिपक डिसी, सञ्जिव रेग्मी, पुजन सिंह, कमल खड्का, उमेश कडेँल, प्रजिन हाङवाङ, भरत लिसानी, दिपक रोकाया, गम्भिर साउद, सुमन थुलुङ, हरि सिग्देल, नारायण बडाल र इन्द्र बिष्ट रहेका छन् ।

अध्यक्षको दाबेदारमा ३२ वर्षमुनिका उपमहासचिव तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, सुदिन पौडेल, हेमन्त किराती, उपदेश यादव, सुरजसिंह ठकुरी, राजन आले, विश्वमणि थापा र विजयप्रकाश शर्मा देखिएका छन् ।

तिर्सना हमाल, हेमन्त किराती पार्टीका उपमहासचिव जनार्दन शर्मा गुटमा गनिन्छन् भने सुदीन पौडेल र पार्वती अर्का उपमहासचिव वर्षमान निकट गनिन्छन् । विजयप्रकाश उमेर हदको विपक्षमा खुलेरै लागेका नेता हुन् ।

सचिवहरू रोशन थापामगर, अटल आचार्य र नवीन पोखरेल पनि अध्यक्षको दाबेदार मानिएका छन् । रोशन र नवीन शर्मा अर्थमन्त्री हुँदा सचिवालयमा कार्यरत थिए । अटल देव गुरुङनिकटका हुन् ।

क्याम्पस इकाई कमिटिमा रहेका विष्णु ढुंगेल र विराज थापा पनि अध्यक्षको आकांक्षी देखिएका छन् । ढुंगेल नेपाल ल क्याम्पसको स्ववियू सभापति छन् । थापा पनि नेपाल ल क्याम्पस इकाइ कमिटीमा छ ।

Comments

One response to “उमेर हद लागूसँगै क्रान्तिकारीको नेतृत्व दाबेदारीमा को रहे, को बाहिरिए ?”

  1. नवीन Avatar
    नवीन

    म उमेर हद पक्षधर हो। मेरो उमेर कटिसकेको छ, म उम्मेदवार हुन मिल्दैन। वास्तविक विद्यार्थीको सङगठन बनाउनु आजको आवश्यकता हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *