काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टि-इस्टेट प्रकरणको फाइल खोलेरै छाड्ने दोहोर्याएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा आयोजित माओवादीको खबरदारीसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको सुई कांग्रेस र एमालेको हेडक्वार्टरतिर सोझिएपछि आफूलाई सरकारबाट हटाएको दाबी गरे ।
उनले प्रधानमन्त्री ओलीको दिमागमा जालझेलबाहेक अरु केही नभएको आरोप लगाए ।
प्रचण्डले भने, ‘उहाँले जालझेल नै गरिराख्नुहुन्छ, तर गिरीबन्धु टि-इस्टेटमा उहाँले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्छु । गिरीबन्धु ओम्नी, वाइड बडीको फाइल खोल्छु । मलाई अलोकतान्त्रिक शैलीमा हटाइयो । मेरो सुई गिरीबन्धुतिर जाँदै थियो । त्यहाँ जानु भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो, तपाईंहरुले ढुक्कसँग बुझे हुन्छ । सत्य कुरा त्यही हो । यो भ्रष्टाचारीलाई जोगाउन बनेको सरकार हो । यसले जनताको पक्षमा काम गर्नै सक्दैन ।

Leave a Reply