चौधरी फाउण्डेनद्वारा सुस्ताका विद्यार्थीलाई न्यानो कपडा वितरण

बर्दघाट । चौधरी फाउन्डेसनले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

शुक्रबार सुस्ता गाउँपालिका वडा नं। ५ मा रहेको श्री शिवगंगा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरिएको हो । फाउन्डेसनकी सचिव सारिका चौधरीले ११६ विद्यार्थीलाई उक्त कपडा वितरण गरेकी हुन् ।

तराईमा चिसो मौसममा शितलहर चल्ने गरेको र त्यसबाट बालबालिका बढि प्रभावित हुने गरेका छन् । पछिल्लो समय फाउन्डेसनले पश्चिम नवलपरासीमा विभिन्न समाजिक कार्य गर्दै आएको छ ।

विद्यालयहरुमा छात्राहरुलाई साइकल वितरणदेखि पाठ्यसामग्री पनि सहयोग गर्ने गरेको छ । त्यस्तै महिला उद्यमशीलता, युवाहरुलाई सीपमूलक एवं स्वरोजगारमूलक तालिम दिनुका साथै स्वास्थ्य क्षेत्रमा पनि काम भइरहेको छ । 

फाउन्डेसनकी सचिव चौधरीले बालबालिकालाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरेको बताइन् । उनले भनिन्,’ चिसो दिनदिनै बढ्दै गएको छ तर न्यून आय भएका र विपन्न परिवारका बालबालिकाहरुसँग चिसोमा लगाउने लुगा नै छैन । उनीहरुलाई चिसोबाट जोगाउन हामीले न्यानो कपडा वितरण गरेका हौं ।’

पश्चिम नवलपरासीको क्षेत्र नं। १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि विकासका कामसँगै सामािजक कार्यहरु पनि भइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *