रविबारे कांग्रेस- सरकारले जिल्लाजिल्लामा घुमाएको होइन, कुनै पूर्वाग्रह पनि छैन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध नराखेको दाबी गरेका छन्।

नेपाल प्रेस युनियन पर्सा शाखाले विरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै सरकारको नभइ अदालतको आदेशले अहिले जिल्ला जिल्लामा घुमाइरहेको बताए।

उनले भने, उहाँलाई कतिदिन थुन्ने के गर्ने भन्ने निर्णय सरकारले गरेको होइन। त्यो अदालतले गरेको निर्णय हो। अदालतले नै थुनामा राखेर छानविन गर्ने आदेश दिएको छ। जुन ठाउँको अदालतले आदेश दियो त्यहाँ त उम्याउँनै पर्छ। सरकारले चाहेर घुमाएको होइन। यसमा कुनै पूर्वाग्रह छैन।

माओवादीद्वन्द्वको क्रममा आफ्नो पार्टीको कयौं मानिसको ज्यान जाँदा त अहिले कुनै पूर्वाग्रह नरहेको उदाहरण दिँदै रास्वपासँग पूर्वाग्रह राख्नुपर्ने कुनै कारण नभएको बताए। कानूनी शासनमा आरोप लागिसकेपछि त्यसको छिनोफानो अदालतले नै गर्ने सुनाए।

उनले पार्टीका वरिष्ठ नेताहरुले कानूनी प्रक्रियामा पर्दा आफूहरुले सडकमा जुलुस ढुंगामुढा केही नगरेको बताए। उनले अदालतमा गइसकेको विषयलाई ढुंगामुढा गरेर छोड भने रास्वपाको प्रवृत्ति गलत भएको बताए।

उनले चितवनमा शान्ति सुरक्षालाई ख्याल गरेर रविलाई राति नै चितवनबाट पोखरा लगिएको भन्दै अरु कुनै नियत नभएको प्रष्ट्याए।

Comments

One response to “रविबारे कांग्रेस- सरकारले जिल्लाजिल्लामा घुमाएको होइन, कुनै पूर्वाग्रह पनि छैन”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    कानूनका नौ सिंग प्रयोग गरेर जसलाइ पनि फसाउन मिल्छ यो सबलाइ थाहा छ। रबिजी आफै देश दौडाहामा निस्केका हुन् कि कसो !! अनुसन्धान गर्न नभएको अधिकार संसदीय समितीलाइ कसले दियो? आफै जाली काम गर्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *