एमालेको दुई दिने कार्यशाला- ३१५ जना सहभागी, कार्यपत्रमाथि १० वटा समूहमा विषयगत छलफल

काठमाडौं । नेकपा एमालेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला च्यासलमा सुरु भएको छ । केन्द्रीय संगठन विभागद्वारा आयोजितमा दुई दिने कार्यशाल सुरु भएको हो।

विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा जारी कार्यशालमामहासचिव कमरेड शंकर पोखरेलले बार्षिक कार्ययोजनाबारे दिशानिर्देश गरेका छन्।

सबै जिल्लाका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, प्रदेश पदाधिकारीहरू र २३ वटै जनसंगठनका अध्यक्ष र महासचिव गरी ३१५ जना सहभागी कार्यशालामा विभाग प्रमुख अधिकारीद्वारा प्रस्तुत कार्यपत्रमाथि १० वटा समूहमा प्रश्नमा आधारित भएर विषयगत छलफल हुने केन्द्रीय सदस्य बिष्णु रिजालले बताए।

कार्यशालालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपप्रधानमन्त्री तथा पार्टी संगठन अनुगमनको जिम्मेवारीमा रहेका उपाध्यक्ष विष्णु पौडेलले भोलि सम्बोधन गर्ने उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *