वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले बनायो २१२ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी २१२ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ।

हालै भएको महाधिवेशनको निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्ण केन्द्रीय सदस्य ११७ र ९५ जना वैकल्पिक केन्द्रीय सदस्य राख्ने निर्णय गरेको हो।

महाधिवेशनले पार्टीमा केन्द्रीय परिषद् समेत बनाउने निर्णय गरेको छ। यस्तै, महासचिव सिस्टमलाई लागू गर्दै वैद्यलाई नै महासचिवमा निरन्तरता दिने निर्णय पनि गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *