हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

जेनेभा । हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन् ।

जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने, ‘गत सातामात्र हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा एक शक्तिशाली गिरोहका नेताद्वारा आह्वान गरिएका आक्रमण र प्रत्याक्रमणका क्रममा कम्तीमा १८४ जनाको मृत्यु भएको छ ।’

उनका अनुसार यी पछिल्ला घटना र यसबाट मृत्यु भएका मानिसहरूको सङ्ख्यासँगै यो वर्षमात्र हाइटीमा हिंसात्मक आक्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या पाँच हजार पुगेको छ । -रासस/एएफपी

Comments

One response to “हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    यो घटनाबारे अन्तराष्टि्य मिडीया हेर्ने हो भने, यो घटनामा ईसाइ पादरीको प्रत्यक्ष संग्लग्नता छ । माफियालाइ उक्साएर, अफ्रिकन परम्परागत धर्म voodoo मान्ने हरू को नरसंहार गरिएको छ। यस उक्साहट गराउने काम ईसाइ पादरीले गरेको हो, मिडीयाहरूको भनाइ अनुसार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *