देउवा पुगे विराटनगरस्थित कोइराला निवासमा, शेखर सम्मेलन बहिष्कार गरेर चितवनतर्फ

काठमाडौं । कोशी प्रदेश सम्मेलन उद्घाटनका लागि विराटनगर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगरस्थित कोइराला निवासमा पुगेका छन्। शशांक कोइरालाको साथमा देउवा कोइराला निवासमा पुगेका हुन्।

त्यो घरमा अहिले शशांकका दाई शेखर कोइराला बस्दै आएका छन्। गृहप्रदेशको सम्मेलन विराटनगरमा आज उद्घाटन हुँदैगर्दा कांग्रेसमा इतर पक्षको नेतृत्व गर्दै आएको शेखरले भने बहिष्कार गर्ने भएको छ।

सम्मेलनका लागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरु विराटनगरमै छन्।

१४ औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित कोइराला वरियतामा चित्त नबुझाएर आज छुट्टै कार्यक्रमका लागि चितवन गएका छन्।
कोइराला सचिवालयका अनुसार चितवन कांग्रेसका पूर्वसदस्य उद्धव लोहनीको बुवा स्व. टेकबहादुर लोहनी र अर्का केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुने चितवन लागेका हुन्।

शेखरले पार्टीको निर्देशनविपरित कोशीमा १८ कोशी प्रदेश सभापतिहरुको भेला राखेर आफ्नो शक्ति देखाइसकेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *