काठमाडौं । चीनले पोखरा र लुम्बिनीमा सीधा हवाई उडान भर्न तयार भएको जनाउ दिएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ प्रधानमन्त्री लि छिआङ र राष्ट्रपति सि चिनफिङसँग भेट गरेपछि सार्वजनिक भएको संयुक्त वक्तव्यअनुसार चिनियाँ शहरहरुसँग पोखरा र लुम्बिनी सीधा हवाई उडानको कुरा ५ औं बुँदामा अटाएको छ ।
बजारको मागको आधारमा दुईतर्फी हवाई उडानको काम गर्ने बताइएको छ । सोही बुँदामा केरुङ–काठमाडौं रेलको सम्भावना अध्ययनलाई तीव्रता दिने तथा नेपाल र चीनको ९ औं नेपाल चीन रेल वे सहकार्यको बैठक हुने उल्लेख गरिएको छ ।
चिनियाँ पक्षले नेपालका जनशक्तिलाई रेलबारेमा दक्ष बनाउन सहयोग गर्ने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको बक्तव्यमा उल्लेख छ ।

Leave a Reply