मैले कांग्रेसलाई प्रधानमन्त्रीको अफर गरेको छैन, गगनजी यति तल झरेको देख्दा दया लागेको छ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल नगरेको प्रष्टीकरण दिएका छन्।

कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगन थापाल प्रचण्डले हप्ताको एकचोटी कांग्रेसलाई प्रधानमन्त्री बनिनिदिन आग्रह गरेको दाबी गरेपछि प्रचण्डले त्यसलाई अस्वीकार गरेका हुन्।

शनिबार खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै देउवासँग आफ्नो सरकार परिवर्तनको बारे कुनै कुरा नभएको भन्दै महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न आग्रह गरे।

उनले भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन । यो भन्दा सफेद झुट अरु केही हुनै सक्दैन। मैले त अहिले बोल्न पनि चाहिरहेको थिइनँ, यो विषयमा। अब तपाईंहरुले सोधिहाल्नुभयो। गगन थापालाई मैले एउटा युवा नेताको रुपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ। कति तल कति छिटो झर्न सकेको हो।’

राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्नसक्ने भएको देख्दा दया लागेको उनको भनाइ छ।

उनले थपे, ‘यो कुरा शतप्रतिशत झुटो कुरा हो। मैले भनेको छैन, बरु भन्दा पनि भन्दिनँ। मलाई त सरकारबाट बाहिर आएर जनतामा जाँदा नै हामीलाई सहज भइरहेको छ। सरकार तपाईंहरु ०८४ सम्म नै चलाउनुस् भनेको छु। मेरो शेरबहादुर देउवाजीसँग यो विषयमा कहीँ कतै प्रत्यक्ष, परोक्ष केही कुरा भएकै छैन।’

Comments

2 responses to “मैले कांग्रेसलाई प्रधानमन्त्रीको अफर गरेको छैन, गगनजी यति तल झरेको देख्दा दया लागेको छ : प्रचण्ड (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमीजस्ता सत्ताको भोगीले नभन्ने कुरै छैन ।

  2. Raj Avatar
    Raj

    प्रचण्डलाई अहिले औडाहा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *