शंकर पोखरेलको दाबी- ओलीले लोडसेडिङमुक्त बनाए, जस अरुले लिए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशलाई लोडसेडिङमुक्त बनाएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै पार्टी अध्यक्ष ओली पहिलोपटक प्रधानमन्त्री बन्दा लोडसेडिङ हटाउन काम गरेपनि जस अरुले पाएको जिकिर गरे ।

उनले भने, ‘केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दै गर्दा यो मुलुकमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । उहाँ प्रधानमन्त्री भइसकेपछि नेपालका जलश्रोतमा देखिएका समस्या समाधान गरी आधारभूत लोडसेडिङ एक वर्षभित्र अन्त्य गर्ने योजना बनाउनुभयो । त्यही योजनाअनुसार हामीले भारतबाट विद्युत आयात गरी नेपाललाई अँध्यारो युगबाट उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व गर्यौं ।’

उनले अहिले पनि देश अफ्ठ्यारो अवस्थामा पुगेपछि संकटनमोचनका लागि कांग्रेससँग मिलेर सरकार बनाएको प्रष्ट पारे । उनले अध्यक्ष ओलीलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै ओलीकै नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपाली सम्भव हुने बताए ।

ओलीसँग जोडेर भ्रमपूर्ण प्रचार भइरहेको भन्दै त्यसको खण्डन गर्न निर्देशन दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *