एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *