साङ्ग्रिला मोटर्सले सुरु गर्‍याे नयाँ लिपमोटर सी१० प्रिमियम इलेक्ट्रिक एसयुभीको डेलिभरी

काठमाडौं । साङ्ग्रिला मोटर्स प्रालीले नाडा अटो शोमा भव्य रुपमा सार्वजनिक गरेको नयाँ लिपमोटर सी१० प्रिमियम इलेक्ट्रिक एसयुभीको डेलिभरी कार्तिक २५ देखि सुरु गरेको छ।

नेपाली ग्राहकहरुले अब लामो प्रतिक्षापछि यो प्रिमियम एसयुभीको अनुभव लिन सक्नेछन्। साङ्ग्रिला मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै, डेलिभरी प्रक्रिया छिटो, सहज, र व्यवस्थित बनाउन विशेष ध्यान दिएको छ।

लक्जरी प्रदर्शन र वातावरणीय जिम्मेवारीलाई समेटेर डिजाइन गरिएको लिपमोटर सी१० ले विद्युतीय सवारी साधनमा नयाँ अध्यायको सुरुवात गरेको छ। लिप मोटर्सले यसमा ६९।९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ। उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ। गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ।

यसका साथै अत्याधुनिक सुरक्षा सुविधाहरुले यो गाडीलाई थप सुरक्षित बनाएको छ। एकदमै प्रिमियम यस गाडीमा भएको स्पेस, एड्भान्स इंटेरियर र स्मार्ट प्रविधिले आराम, स्टाइल र सुविधालाई नयाँ स्तरमा पुर्‍याएको छ। अद्यावधिक हुन तथा गाडीको बारेमा थप जानकारी लिनका लागि साङ्ग्रिला मोटर्सलाई सिधै सम्पर्क गर्न सकिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *