पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको जानकारी दिए।

मानव तस्करीमा मुछिएपछि अधिकारीलाई आइतबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो।

विवाद बाहिर आएपछि अधिकारीले मन्त्रीबाट राजिनामा दिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *