घण्टीघरबाट रास्वपा नेताहरुलाई समर्थकको दबाब- आफ्नै नेताहरुलाई ‘नो नट अगेन’ भन्ने दिन नआओस् (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ। पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन घण्टीघरमै पुगेका छन्।

 

रास्वपा पार्टी कार्यालयमा अहिले प्लेकार्डसहित समर्थक तथा कार्यकर्ता बसिरहेका छन्। उनीहरुले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउँनेलाई आँट दिन्छौं, आफ्नै नेताहरुलाई नो नट अगेन भन्ने दिन नआओस् भन्ने नारासहितको प्लेकार्ड बोकेको छन्।

यस्तै, की संकटमा पार्टी सम्हाल की ठाउँ छाड, रविको नाममा सांसद र नेता भएकाहरु रविलाई संकट पर्दा पछि हट्नु धोखा हो, निर्णायक आन्दोलनको विकल्प छैन, पार्टी एकता देशको आवश्यकता, सबै हाम्रा नेता हौँ नेताजस्तै बन, की भन रवि दोषी हो की लड उसका लागि, समयले आन्दालने नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, रविले नाम दिए रविलाई पर्दा साथ नदिनेरु भन्दै नेताहरुप्रति असन्तुष्टि पनि पोखेका छन्।

रवि पक्राउ परेपछि उपसभापतिद्वय डिपी अर्याल र स्वणिम वाग्लेको टकरावले अहिलेसम्म कार्यवहाक अध्यक्षसम्मेत तोक्न सकेको छैन। यो सहित पार्टीको आगामी रणनीतिबारे छलफल गर्न आज बैठक बस्दैछ।

बैठकअघि घण्टीघरमा प्लेकार्डसहित पुगेका समर्थकले केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीसँग कुरा गर्दै सभापति दोषी भए ढाकाकुमार श्रेष्ठलाई जस्तै कारवाही गर्नुपर्यो तर, सरकारले प्रतिशोध साँधेको भए प्रतिरोधमा कडा रुपमा प्रतिरोधमा उत्रिनुपर्ने भन्दै दबाब दिए।

केन्द्रीय समितिको बैठकले अहिलेसम्म कुनै निर्णय गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। आजको बैठकले प्रतिशोध राखेर सभापतिलाई पक्राउ गरेको भन्दै आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। तर, रास्वपाले सोचेजस्तो सडकमा प्रदर्शन गर्न सकिरहेको छैन।

 

Comments

2 responses to “घण्टीघरबाट रास्वपा नेताहरुलाई समर्थकको दबाब- आफ्नै नेताहरुलाई ‘नो नट अगेन’ भन्ने दिन नआओस् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यी साच्चिकैका रास्वपा हुन् कि अरू पार्टीका भरौटे ? पार्टीलाई थप अप्ठ्यारो पार्न अरूले, विशेषगरी काँग्रेसले, भिजलान्ते पो खटाएको हो कि ? अदालती प्रक्रियामा गएको विषयमा यिनले भनेजस्तो निर्णायक आन्दोलन गरेर केही हुन्छ ? त्यसैले यी रास्वापा होईनन् । हुन भने पनि अहिले अरूका भरौटे बनेका हुनसक्छन् । रास्वपाले छानबिन गरोस् ।

  2. Manoj Jargha Avatar
    Manoj Jargha

    ठगको पक्षमा…. कठै दुनिया
    पार्टी र ठग फरक हुन भन्ने कस्ले बुझ्ने ?

    यो अनलाईन पनि त्यस्कओ हो है लेख्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *