अदालतमा रवि लामिछाने, बाहिर प्रहरी र रास्वपा नेता-कार्यकर्ताको घम्साघम्सी (भिडिओ)

काठमाडौं । सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

रास्वपा कार्यकर्ताले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस हानेको छ।

 

सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।

कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका उनलाई दुई पटक म्याद थप गरिसकेको छ । तर, आज पनि अहिले अदालतमा म्याद थपका लागि अदालत लगिएको छ।

यसअघि पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन्।

Comments

2 responses to “अदालतमा रवि लामिछाने, बाहिर प्रहरी र रास्वपा नेता-कार्यकर्ताको घम्साघम्सी (भिडिओ)”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    राष्ट्रिय झण्डाको अपमान गर्दैछन यिनिहरूले । कानुन अनुसार गरिने छानबिन प्रकृया बिरूद्ध लाग्नु अराजकता हो । यसले अपराध निम्त्याउँछ । यस्ता हुल्लडवाजहरूले देशमा शान्ति र कानुनी मर्यादा विथोल्ने परिचालित तत्वका वफादारहरू हुन ।

    1. samir Avatar
      samir

      त खाते झोले अपराधिहरु! तिमिहरुको लागि तिमिहरुको भ्रष्ट पार्टीको झन्डा प्यारो होला !
      रास्वपा सबै नेपालीको पार्टी हो, त्यसैले राष्ट्रिय झन्डा पनि प्रयोग गर्छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *