गगन थापाले भने- धनराज गुरुङ र ऋषिकेश पोखरेल दोषी देखिए सरकारले कारबाही गर्नुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्र बैंक कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पुरानो जो भए पनि छानबिन समितिले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान हुनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘जुन पार्टीको भए पनि नाम जोडिएपछि अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नेमात्रै होइन, गल्ती गरेको भए दण्ड पनि हुन्छ । यो देशमा जुनसुकै मानिस कांग्रेस, एमाले, रास्वपा, राप्रपा होस्, पाँच पटक प्रधानमन्त्री भएको मान्छे होस् कि अहिले भएको प्रधानमन्त्री होस् वा भोलि प्रधानमन्त्री हुने मान्छे, जोसुकै होस् कानूनभन्दा माथि कोही छैन भन्ने कुरा सरकारले स्थापित गर्नुपर्छ ।’

उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई बोल्नेभन्दा पनि काम गरेर देखाउन आग्रह गरे ।

Comments

2 responses to “गगन थापाले भने- धनराज गुरुङ र ऋषिकेश पोखरेल दोषी देखिए सरकारले कारबाही गर्नुपर्छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    तिम्रो सचिवालय लगायतको खर्चको स्रोत के हो ? सम्पत्ति शुद्वीकरणले छानबिन गर्नु पर्दैन ?

  2. Nick kashyap Avatar
    Nick kashyap

    संसदीय समिती बनाउ पहिला कि दुइको लागी पनि। पुलिसले कसरी अनुसन्धान गर्छ र? गृहमन्त्री कांग्रेसकै छ, गृहमन्त्रीलाइ भन् पहिला नाटक देखाउन बन्द गर् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *