प्रचण्डले भने- मैले ज्ञानेन्द्रलाई भेटेको छैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्यो भनेर विरोधीहरुले स्यालहुँइयाँ चलाइएको टिप्पणी गरेका छन् ।

सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले आफूले झापा र काठमाडौंमा भेट्यो भनेर हल्ला गरेको भन्दै आपत्ति जनाए ।

 

उनले भ्रामक प्रचारको खेद प्रकट गर्दै आफूले नभेटेको प्रष्टीकरण दिए । उनले आफू विमानस्थलमा हुँदा प्रचण्ड भएको सुनेपछि ज्ञानेन्द्र फर्किएको सुनेको बताए । उनले आफूलाई ज्ञानेन्द्र भेट्यो भनेर बद्नाम गर्न खोजिएको बताए ।

प्रचण्डले भने, ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेटेको भन्नु सही होला ?’

Comments

One response to “प्रचण्डले भने- मैले ज्ञानेन्द्रलाई भेटेको छैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    मालिक दिल्लीमा छन् । भेटने त उता हो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *