रवि पक्राउको रास्वपाद्वारा भर्त्सना, राजनीतिक प्रतिसोध अस्वीकार्य

काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापति रवि लामिछानेलाई पक्राउ गर्नु  राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ।

कार्यवाहक प्रवक्ता  मनिष झाले एक विज्ञप्ति जारी गर्दै सभापति पक्राउप्रति घोर भर्त्सना गरेको जनाएका छन् । न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको समेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने बताइएको छ ।

‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ ’ विज्ञप्तिमा भनिएको छ ,  ‘तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ ।   तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन । ’

बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत (रास्वपा)ले आरोप लगाएको छ ।

‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन्  हामी डराएका छैनौँ, तर्सिएका हैनौँ । अब परिवर्तनको लडाई थप बुलन्द भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक जालझेलको विरुद्ध उभिन समेत विज्ञप्तिमा आह्वान गरिएको छ ।

Comments

4 responses to “रवि पक्राउको रास्वपाद्वारा भर्त्सना, राजनीतिक प्रतिसोध अस्वीकार्य”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    नेपाली कांग्रेस = पन्च/मण्डल. निरंकूश व्वस्था ल्याएरै छोडे कांग्रेसीले ।

  2. Nagendra Avatar
    Nagendra

    सहकारी होस् या कुनै अरु पर्सनल वा संगठित अपराध गरेका देशका जुकाहरुलाई समाप्त पार्नै पर्छ !! त्यो नै मुख्य एजेन्डा हो भने यत्ति धेरै उत्तौलिनु किन पर्यो ?? गल्ति गरकै हो भने कसैलाई पनि जोगाउन लाग्नु ठिक हैन !! बरु अरु पनि छन् कत्ति लुकेका वा छिपेका : ती पनि समाउनु पर्यो पो भन्नु पर्यो !! यो चाहि जो गाउँको अगुवा उही बाटो .. गुवा’ जस्तॊ !! जान्ने हो भने यो पनि जान्नु पर्ने कुरा हो है !!!

    1. ksp pyl Avatar
      ksp pyl

      स्पष्ट प्रमाण भएको काँगेसको पासपोर्ट बेचुवालाई नसमात्ने अनि जबर्जस्ति जोडेर रविलाई समातेपछि विरोध भएको हो । कानूनले त उनलाई छोडिहाल्छ । काँग्रेस चाहिँ अब सकिन्छ ।

  3. bipin Avatar
    bipin

    congress aba sakini vayo

Leave a Reply

Your email address will not be published. Required fields are marked *