रविपत्नी निकिता पनि प्रहरीको गाडीसँगै पोखरा जाँदै, रास्वपाका नेता-कार्यकर्ताको ठूलो पंक्ति साथमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेर पोखरातिर हिँडाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र कार्यकर्ताको ठूलो पंति प्रहरीको गाडीलाई पछ्याउँदै पोखरा लागेका छन् ।

रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले दुवै पोखरा जाँदैछन् । स्वर्णिम पहिले नै प्रस्थान गरिसकेको बुझिएको छ । रास्वपाका अधिकांश पदाधिकारीहरू प्रहरीको गाडी पछिपछि हिँडेका छन् ।

रविकी पत्नी निकिता पौडेल पनि पोखरा जाँदैछिन् । उनी आफ्नै गाडी चढेर हिँडेकी हुन् ।

रास्वपाको युवा दस्ता (र्यापिड एक्सन टीम) पनि रविप्रति समर्थन जनाउन पोखरा जाने भएको छ । यसका लागि गाडीहरूको बन्दोवस्त मिलाउने काम भइरहेको स्रोतले बतायो ।

Comments

4 responses to “रविपत्नी निकिता पनि प्रहरीको गाडीसँगै पोखरा जाँदै, रास्वपाका नेता-कार्यकर्ताको ठूलो पंक्ति साथमा”

  1. लाम्छने साइँला Avatar
    लाम्छने साइँला

    नौलो राजनिति गर्छौँ भनेर आएको दलको नौलो चुमुकचुमुक पनि देखियो। भ्रष्ट भनिएका दलका बालकृष्ण खाँड, कृष्ण बहादुर महरा , टोप बहादुर रायमाझी पक्राउ पर्दा जुठो नपरेको देशमा एक थान ठग पक्राउ पर्दा यतिविधि रुवाई ? हिजो टेलिभिजन मा फलानो ठग फलानो भ्रष्ट भन्दै आँफै ओकील , आँफै न्यायाधीश हुने ठगेन्द्र लामिछाने आज अदालतको आदेशले जेल पुगेको छ। इगो साँध्न सिरोहियालाई नौ दिन थुनेर प्रमाण नपुगेर रिहा हुँदा अदालतले थुनेको हो मैले होइन भन्ने ठग आज चाहीँ देशलाई जुठो लाग्यो भन्दै जेल गयो । आहा..

  2. ksp pyl Avatar
    ksp pyl

    १२ भाइनामका भाडाका टट्टुहरूले लेखेको समाचार हेर्दा त रिस उठेर आउँछ । नेपालका भ्रष्टाचारी, तस्कर, विदेशीका एजेण्ट र पैसा पाउने भए नालीको पानीमा नुहाउन तयार हुने यी फटाहाहरूको फटाहागिरीबाट देशलाई मुक्त गराउन जरूरी छ ।

  3. Nabin Poudel Official Avatar
    Nabin Poudel Official

    गायक नवीन पौडेल भन्दैछन

    ओइ सरकार ओइ देशका युबा खोइ?
    ओइ सरकार ओइ सुसासन खोइ?
    ओइ सरकार ओइ बाटोघाटो खोइ?

    https://www.facebook.com/share/v/1K33E7BJMcnkrMpf/?mibextid=WdyKie

  4. Mr. Manil Avatar
    Mr. Manil

    जे हाेस् याे मान्छे टेलिभिजनमा काम गर्दा खेरि देखि नै फटाहा स्याल थियाे जे हाेस् सत्य तथ्य छानबिन हाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *