काठमाडौं । महान्याधिवक्ताको कार्यालयमा पुगेको मिसिलमा मुद्दा चलाउने निर्णय गर्ने अधिकार महान्याधिवक्ताबाट नायव महान्याधिवक्तलाई प्रत्यायोजना भएको छ ।
महान्याधिवक्ताको कार्यालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै महान्यायधिवक्ताको कार्यालयमा प्राप्त भएको मिसिल अध्ययन गर्दा सम्बन्धित नायब महान्यायाधिवक्ताले थप अनुसन्धान गराउनुपर्ने वा मुद्दा चलाउनुपर्ने देखेमा आधार कारण सहित निर्णय गरेर निर्णयको प्रतिलिपि साथै राखेर मिसिल सम्बन्धित सरकारी वकील कार्यालयमा पठाउनुपर्ने महान्यायाधिवक्ताले आफुमा निहित अधिकार नायव महान्याधिवक्तलाई प्रत्योजित गरेको हो ।
नेपालको संविधानको धारा १५८ को उपधारा ७ तथा सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ४२ को उपनियम ३ बमोजिम यस्तो निर्णय गरिएको महान्यायधिवक्ताको कार्यालयका नायव महान्याधिवक्ता डा.टेकबहादुर घिमिरले जानकारी दिए ।
उनका अनुसार उपनियम ३ मा प्रचलित कानूनको अधीनमा रहेर महान्याधिवक्ता वा विभागीय प्रमुखले आफ्नो अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार आफू मातहतको सरकारी वकीलले प्रयोग र पालना गर्न पाउने गरी प्रत्यायोजना गर्न सक्ने व्यवस्था छ ।
यदि मुद्दा नचलाउने निर्णय हुने अवस्थामा मात्रै महान्याधिवक्ता समक्ष पेश गर्नुपर्ने र महान्यायधिवक्ताको निर्णय अनुसार अघि बढाउनुपर्ने निर्णय भएको नायव महान्याधिवक्ता घिमिरेले बताए ।


Leave a Reply