मीनबहादुर गुरुङसँग एमालेले सौदावाजी गरेको हुनसक्ने विपक्षी दलको आशंका (भिडिओ)

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङसँग ठूला धनराशीको सहयोग लिँदा सौदावाजी गरेको हुनसक्ने विपक्षी दलहरू आशंका गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राखेको बैठकमा विभिन्न प्रकरणमा मुछिएका व्यक्तिसँग सहयोग लिनुमा आशंका भएको निष्कर्ष निकालेको नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

 

उनले भने, ‘विभिन्न प्रकरणमा मुछिएका मान्छेसँग प्रधानमन्त्रीले आफ्नो पार्टीको भवन निर्माणका लागि ठूलो धनराशी त्यसै स्वीकार गर्ने काम भएको छैन । त्यहाँ कुनै सौदाबाजी भएको छैन भन्न सक्ने अवस्था छैन ।’

यस्तै, आर्थिक संकटमा भएको बेलामा आफ्नो आफन्तलाई जागिर दिनको लागि परराष्ट्र मन्त्रालयमा ११० कर्मचारी थप्ने सरकारको तयारीप्रति पनि आपत्ति जनाए ।

उनले भने, ‘देश संकटमा छ कर्मचारीलाई तलब दिने पैसा नहुने स्थिति भइरहेको बेलामा सरकार अहिले पराराष्ट्र मन्त्रालयमा ११० जना भन्दा बढी कर्मचारी थप्ने देशलाई स्थायी रूपमा आर्थिक भार थप्ने काम गर्दैछ । दूतावास जरुरत नै नभएको ठाउँमा राखेर केही मान्छेहरूलाई जिम्मेवारी दिने ठाउँ तय गर्ने प्रयास भइरहेको छ ।’

Comments

One response to “मीनबहादुर गुरुङसँग एमालेले सौदावाजी गरेको हुनसक्ने विपक्षी दलको आशंका (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    माफियाका नाईकेहरू लैनचौर, तस्कर र भ्रष्टाचारीसँग भित्रभित्रै पैसा खान्छन अनि पारदर्शि रूपमा स्वच्छाले दिएको दानको बारेमा बखेडा झिक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *