सरकारले पूर्वतयारी नगरेको होइन, यत्रो ठूलो विपद् आउला भन्ने अनुमान थिएन: प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो प्रभावितको उद्धारमा सरकारले सकेको गरेको बताएका छन्।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनलाई बोल्दै अचानक आइपरेको घटना भएकाले कही गल्ती कमजोरी भएको हुनसक्ने बताए।

उनले भने,‘यसप्रकारको वर्षा भएर बाढी पहिरो जाला भन्ने अनुमान थिएन। यसप्रकारको भौतिक र मानविय क्षति होला भन्ने अनुमान गिथएन। सरकारले पूर्व तयारी नगरेको होइन। यो अलि ठूलै आइपर्यो।’

संरचनागत त्रृटि भएका कारणले पनि केही क्षति बढी भएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *