माओवादी हिंसामात्र होइन आतंक थियो : एमाले महासचिव पोखरेल (भिडिओ)

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर आतंक नै थियो भन्दै हिंसा शब्द असंसदीय नरहेको बताएका छन् । प्रेस चौतारीले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले द्वन्द्वको क्रममा समाज परिवर्तनको लागि भनेर बलिदान दिएका माओवादी कार्यकर्ताप्रति भने एमालेको सम्मान रहेको प्रष्टयाए ।

पोखरेलले भने, ‘माओवादीले गरेको हिंसामात्र थिएन आतंक नै थियो । बसमा आगजनी गरेर मान्छे मार्ने, राति घरमा आगो लगाएर घरभित्र सुतिरहेका ११ जनाको हत्या गर्ने ती हिंसामात्र थिएनन् आतंक थिए । माओवादी द्वन्द्वका समयमा भएका हिंसा र आतंक स्वीकार्य छैनन् भन्ने कुरा त माओवादी स्वयं पक्ष भएर गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी विषयमा उल्लेख छ । हो हामीले मानेका छौं कि माओवादी आन्दोलनभित्र कार्यकर्ताको बलिदान भयो । समाजको परिवर्तनका लागि थियो भनेर लडेका कार्यकर्ताको आलोचना गरेको होइन तर गलत तत्वले हिंसात्मक क्रियाकलाप गरे त्यसको विरोध हामीले गरेका थियौं र अहिले पनि गर्छौं ।’

महासचिव पोखरेलले हिंसा शब्दको विरोध गरेर माओवादीले संसद अवरोध गर्नुको अर्थ नरहेको भन्दै गैरन्यायिक हत्याका घटनामा माफी नहुने भनेर माओवादीले नै हस्ताक्षर गरिसकेको बताए ।

Comments

One response to “माओवादी हिंसामात्र होइन आतंक थियो : एमाले महासचिव पोखरेल (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    आजको बहस ‘प्रचण्ड पथको नाममा चलाएको उत्पात के थियो’ भनेर गर्ने बेला हो ??
    १. त्यो काल खण्ड फेरी सम्झन नपरोस भनेर देशले बिर्सिदै गरेको छ, त्येशाको मुल्यांकन र निर्णय गर्दै आएका छन् र गर्छन जनताले !! हिजोको पिडादाई बिगतलाई कोट्याएर आज फेरी द्वन्द बढाउने ??
    २. देशको नेतृत्व गरेको पार्टी र त्येश्का नेताले बोल्ने यहि हो ??
    ३. बिगतको पृष्ठभूमिको आधारमा लाग्छ देश एमाले र ओलीको नेतृत्वमा मात्र प्रगतिको मार्गमा हिड्न सक्छ तर ओलीकै छुद्र (नबोल्नु पर्ने कुरा बोल्ने, नोबोल्दा पनि हुने कुरा बोल्ने) गर्नाले परिस्थिति धुमिल बन्छ,अनि यी केटाहरुको झन् बाठो भएर बुल्किने कुराले अवस्था अझ नाजुक बनाउछ !!!
    ४. चाहिने बोल, चाहिने बोल्न आउदैन भने चुप बस, काम गर्ने बेला हो यो, कहाँ फिट भइन्छ त्यो पट्ट लागाउ अनि काम गर [नचाहिँदो बोल्ने मुख बन्द] !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *