काठमाडौं । ३० वर्षे सेवा अवधिका कारण अवकाश नदिन माग गर्दै सर्वोच्च अदालत पुगेका सशस्त्र प्रहरीका अधिकृतहरु निराश भएका छन् ।
उनीहरुले दायर गरेको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश जारी भएन ।
नेपाल प्रहरीका अधिकृतहरुले दायर गरेको यस्तै प्रकृतिको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि उत्साहित हुँदै सशस्त्रका अधिकारीहरु पनि रिट लिएर पुगेका थिए, तर शारङ्गा सुवेदीको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्यो ।
भदौ १६ गते अवकाश पाउन लागेका उनीहरुले अब अनिवार्य अवकाश पाउनेछन् । सशस्त्र प्रहरीका १२ जना अधिकृतले संयुक्त रुपमा रिट दायर गरेका थिए ।
२०५१ भदौ १६ गते नेपाल प्रहरीमा असईबाट सेवा थालेका केही अधिकृत पछि सशस्त्र प्रहरीमा पुगेका थिए । नेपाल प्रहरीमा रहेका उनीहरुका ब्याचीलाई भने सर्वोच्चले अन्तरिम आदेश दिएपछि तत्काल अवकाश पाउने छैनन् ।

Leave a Reply