१० दिन लामो विदेश भ्रमण सकेर स्वदेश फर्किए राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन १० दिन लामो विदेश भ्रमणबाट स्वदेश फर्किएका छन् । उनी ८ दिन अष्ट्रेलिया र २ दिन थाइल्याण्ड भ्रमण् गरेर गएराति स्वदेश फर्किएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।

पार्टीको प्रवासी एकता समाज अष्ट्रेलियाको निमन्त्रणामा अष्ट्रेलियाका विभिन्न शहरमा आयोजित विविध कार्यक्रममा सहभागी हुन साउन ३१ गते उनी त्यसतर्फ गएका थिए ।

अष्ट्रेलियामा रहँदा एनआरएनए अष्ट्रेलिया, झापाली समाज, अवैतनिक महावाणिज्यदूतको कार्यालय एवं मेलवर्न, एडिलेड र सिड्नीका नेपाली समुदायद्वारा आयोजित कार्यक्रममा उनी सहभागी भएका थिए ।

अध्यक्ष लिङ्देनले बैङ्ककमा आयोजित प्रवासी नेपाली एकता समाज थाइल्याण्डको भेलालाई सम्बोधन गरेका थिए ।

भ्रमण पूरा गरी स्वदेश फर्किएका अध्यक्ष लिङ्देनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा कार्यवाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङ लगायतका नेताहरुले स्वागत गरे ।

अध्यक्ष लिङ्देन नेतृत्वको भ्रमण टोलीमा केही समयअघि अष्ट्रेलिया पुग्नुभएका प्रवक्ता एवं कोशी प्रदेशका सांसद भक्तिप्रसाद सिटौला, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *