माओवादी बैठक- आत्म समीक्षा गर्दै अगाडि बढ्नुपर्नेमा नेताहरूको जोड

काठमाडौं । नेकपा माओवादीको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।

गत शुक्रवारदेखि जारी बैठकमा अधिकांश नेताहरूले आफ्नो धारणा राखिसकेका छन्। नेताहरूको धारणा सुनेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने तयारी छ

सत्ताबाट बाहिरिएपछि माओवादी केन्द्रमा प्रचण्डको विकल्प खोज्नुपर्नेसम्मको बहस चलिरहेको छ।

यो बैठकपछि केन्द्रीय कमिटी बसेर आगामी कार्ययोजना तयार पारेर जनतामा जाने प्रवक्ता अग्नि सापकोटाले बताए।

बैठकमा अधिकांशले विचार र आर्थिक विकासलाई प्राथमिकता दिँदै आत्म समीक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *